१६ असोज
नेपाली कांग्रेस आलिताल गाँउ कार्यसमिति डडेल्धुराले आज बाट क्रियाशिल सदश्यहरुको सदश्यता नविकरण गर्ने काम सुरु गरेको छ ।
नेपाली कांग्रेस आलिताल गाँउ कार्यसमिति को आयोजनामा आज बाट आलिताल गाँउपालिकाका सबै वडाका क्रियाशिल सदश्यहरुको नविकरण गर्ने कार्यको सुरु भएको नेपाली कांग्रेस आलितालका सचिव प्रमोद बहादुर मल्लले बताउनुभयो ।
नेपाली काँग्रेस आलिताल गाँउ कार्यसमितिका उपाध्यक्ष शुरत बोगटीको सभापतित्वमा सम्पन्न भएको सदश्यता नविकरण कार्यक्रममा नेपाली कांग्रेस डडेल्धुरा क्षेत्र “क” का सभापति कैलाश कुमार पाण्डेय प्रमुख अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
जम्मा ५५७ जना क्रियाशिल सदश्य रहेको आलिताल गाँउपालिका भित्र आगामी कार्तिक १० गते भित्र क्रियाशिल सदश्यता नविकरण गरिसक्ने र नविकरण गरिएको सदश्यताको आधारमा नयाँ सदश्यता कति दिने भन्ने टुंगो लाग्ने बताउदै नेपाली कांग्रेसको संगठन आलितालमा ठिकै रहेको र आगामी दिन मा संगठन बिस्तार गर्दै लैजाने योजना रहेको नेपाली कांग्रेस आलितालका अर्का सचिव राम बहादुर कुवरले बताउनु भयो ।