अभियान्ता ईः को अभियानमा कांग्रस नेता नैनसिंह महरको ऐक्यबद्धता

असोज ९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईः को अभियानमा ऐक्यवद्धता जनाएका छन्।
१९९ घण्टा लगातार राष्टिय सभागृह बाहिर निरन्तर उभिएर शहरका गरिब र सडक व्यवसायीहरुको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्टिय सभागृह पुगेका हुन् ।
अभियान्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानिय सरकार देखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।
उनले आफू आबद्ध पार्टी नेपाली कांग्रेसले पनि गम्भीरता पूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमि लिने बताए ।
ईः लाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेताकार्यकर्ता देखि अभियानकर्मिहरु राष्टियसभा गृह पुग्ने क्रम जारी छ ।

You might also like
Leave A Reply

Your email address will not be published.