११ वर्षीया बालिकालाई करणी गर्ने युवक पक्राउ

९ असोज
अर्घाखाँचीको सन्धिखर्कमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अर्घाखाँचीको मालारानीः ९ स्थायी ठेगाना भई हालः सन्धिखर्क नगरपालिकाः२ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय रामबहादुर पुन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए।
चुत्राबेसीको झाडीमा जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आमाले जाहेरी दिएपछि प्रहरीले निज युवकलाई पक्राउ गरेको हो। युवकलाई पक्राउ गरी आज मंगलबार करणी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्लला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए। जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like