डडेल्धुरा गौरा भलिबल तथा डेउडा प्रतियोगिता २०८० सम्पन्नः भलिबलको उपाधि लेकुडा लाई

१ असोज
खवरदारी न्यूजको आयोजना तथा डडेल्धुरा युवा मञ्च ले प्रवद्र्धन गरेको डडेल्धुरा गौरा भलिबल तथा डेउडा कार्यक्रम आज सम्पन्न भएकोछ । डडेल्धुरा चिनाऔ अभियान भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम आज तेश्रो दिनमा समापन गरिएको कार्यक्रम व्यवस्थापक सुर्दशन ओझाले बताए ।
कार्यक्रमको उदघाटन खबरदारी न्युजका सम्पादक दिपकराज भट्टको सभापतित्वमा भएको थियो भने उक्त कार्यक्रममा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत प्रमुख अतिथिको रुपमा उपस्थित थिए,कार्यक्रमको बिशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारि अन्जन न्यौपाने, नेपाल प्रहरि डडेल्धुरा प्रमुख दिपक कार्कि, शसस्त्र प्रहरि नेपाल नं ५२ गुल्म हे.क्वा. डडेल्धुराका प्रमुख बिरेन्द्र पाल रहेका थिए ।
डडेल्धुरा जिल्ल सदरमुकाम बाट १३ किलोमिटर पश्चिममा रहेको भागेश्वर गाँउपालिकाको केन्द्र सरस्वती माविमा सम्पन्न भएको कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिताका साथै ,डेउडा र अग्नी नियन्त्रण सम्बन्धि सचेतनामुलक प्रर्दसन गरिएको थियो ।
खुला भलिबल प्रतियोगितामा सुदरपश्चिमका १२ टिमको सहभागिता रहेको थियो । भलिबलमा प्रथम,द्धितिय र तृतीय हुने टिमलाई क्रमशः ३७ हजार ३७ , १७ हजार १७ र ८ हजार ८ सय ८८ नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यस्तै कार्यक्ममा डेउडियाहरु लाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा शसस्त्र प्रहरि डडेल्धुराको सहकार्यमा अग्नी नियन्त्रण सम्बन्धि सचेतना प्रर्दशनी गरिएको थियो जसमा सिलिन्डरमा हुने आगलागि बाट कसरि बच्ने ,वनमा हुने आगलागि बाट कसरि बच्ने उपाहरुको बारेमा प्रर्दशनी गरेको थियो ।

भागेश्वर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारती को उपस्थितीमा समपन्न भएको समापन कार्यक्रममा भलिबल तर्फ पहिलो हुने सृजनसिल युवा क्लव भागेश्वर लेकुडा, द्धितीय भएका समाजसेवी सुरत तमोली र तृतीय भएका मुनवाक युवा क्लव डुंगरि लाई नगद, प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै सभापति भट्टले भने यो कार्यक्रम हाम्रो निरन्तर अभियान हो, हामी यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ । हामीले यस मैदानमा आएका खेलाडिहरुलाई राष्ट्रिय स्तर सम्म पुगाउनु हो भन्दै बिभिन्न चुनौतीका बाबजुत यो कार्यक्रम सम्पन्न भएको र यसमा सहकार्य गर्नुहुने सबैलाई धन्यबाद दिन चाहेको बताए ।
समापनमा बोल्दै प्रमुख अतिथी खगेन्द्र भारतीले यस्ता कार्यक्रम गर्नु भएकोमा खबरदारी न्युज परिवारलाई धन्यबाद दिनु भयो र यो कार्यक्रम निकै सकारात्मक भएको यस्ता कार्यक्रमले स्थानीयहरुको मनोबल बढने, पर्यटन प्रचारमा सहयोग पुग्नेछ यसमा पालिकाको सहयोग सदैब रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.