३० भदौ
“वालवालिकामा लगानी, सुनिश्चित भविश्यको थालनि” भन्ने मुल नाराका साथ देश भर मनाईएको ५९औँ राष्ट्रिय वाल दिवस डडेल्धुरामा पनि हिजो शुक्रवार विभिन्न कार्यक्रमहरुका साथ मनाईयो ।
यसै क्रममा अमरगढी नगरपालिकाले नगरपालिका स्तरीय अन्तरविद्यालय अतिरिक्त क्रियाकलापको आयोजना गरी वाल दिवस मनाएको छ ।
डडेल्धुरा सदरमुकामको महेन्द्र माध्यमीक विद्यालय र माउन्टेन ईंगलिस बोर्डिंग स्कुल बागबजारमा विविध सास्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलाप सहित वाल दिवश मनाईएको हो ।
महेन्द्र माध्यमिक विद्यालयमा आयोजना गरिएको हाजिरिजवाफ प्रतियोगितामा अमरगढी नगरपालिका भित्रका १९ वटा विद्यालयले सहभागीता जनाएको थियो भने माउन्टेन ईगलिस बोर्डिग स्कुलमा सम्पन्न भएको चित्रकला प्रतियोगितामा २१ र हस्तलेखन प्रतियोगितामा २२ वटा विद्यालयका विद्यार्थिहरुले सहभागीता जनाएका थिए ।
कार्यक्रमको अन्तमा विजेता विद्यार्थिहरुलाई पुरुस्कार तथा नगद प्रदान गरिएको थियो । कार्यक्रममा अमरगढी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त राज पन्तले यस्ता प्रतियाृगिताहरुले विद्यार्थिहरु भित्र रहेको प्रतिभाहरु प्रस्फुटन गर्न सहयोग पुग्ने बताउदै ५९ वालदिवसको अवसरमा सबैलाई शुभकामना दिनुभयोे ।
You might also like