३० भदौ
नेपाल विद्यार्थी संघले वाल दिवशको अवसर पारेर डडेल्धुराको एक विद्यालयलका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ।
“वालवालिकामा लगानी, सुनिश्चित भविश्यको थालनि” भन्ने मुल नाराका साथ देश भर मनाईएको ५९ औँ वालदिवसको अवसर पारेर नेविसंघले शुक्रबार अमरगढी नगरपालिका ंनं. ८ स्थित भूमिराज प्रावि बागचौरमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।
विद्यालयमा अध्ययनरत १६ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए।
विद्यार्थीलाई कापी, कलम, ज्यामेट्रि बक्स लगाएतका सामग्री दिएको उनको भनाइ छ।