२८ भदौ
डडेल्धुरा स्थित एतिहासिक अमरगढी किल्लाको राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको तर्फ बाट अनुगमन गरिएको छ ।
समितिका सभापति माया प्रसाद शर्मा ज्यूको नेतृत्वमा आएको टोलीले अमरगढी किल्लाको भौतिक तथा एतिहासिक अवस्थाको अनुगमन गरि यस किल्लाको सम्भावनाको विषयमा अन्तरक्रिया गरेको थियो ।
कार्यक्रममा राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको तर्फ बाट सदश्यहरु गोपाल भट्टराई, यूवराज शर्मा, हरिराम चौधरी र मदन कुमारी शाह गरिमाको उपस्थिती रहेको थियो ।
अमरगढी किल्लामा भएको अन्तरक्रिया कार्यक्रममा अमरगढी किल्ला पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रविन जैरुले अमरगढी किल्लाको एतिहासिकताको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले सरकारको कतिपय नितिका कारण पनि किल्लामा एकमुस्ट रकम विनियोजन गर्न नसकिएको बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको तर्फ बाट मदन कुमारी शाह गरिमाले किल्लाको विकासका लागी सबै पक्षको समान जिम्मेवारी रहेकोले सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शाहले यस किल्लाको अवस्थाको बारेमा आफनो समितिले सरकार र संसद लाई प्रतिवेदन बुझाउने र आवश्यक परेको खण्डमा सरकारलाई निर्देशन दिने समेत बताउनु भयो ।
उक्त कार्यक्रममा समितिका पदाधिकारी सहित प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, पुर्व नगरप्रमुख लगायतको उपस्थिती रहेको थियो । बि.स.१८४७ मा निर्माण भएको एतिहासिक अमरगढी किल्ला उचित व्यवस्थापनको अभावमा पछिल्लो समय जिर्ण बन्दै गईरहेकोछ ।
You might also like