डडेल्धुराको स्याउलेबजार नजिक वडा सचिव मृत फेला


डडेल्धुराको स्याउलेबजार नजिक वडा सचिव मृत फेला
२६ भदौ
डडेल्धुराको अमरगढी नगरपालिकाः १ का वडा सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन्।
बैतडीको पाटन नगरपालिकाः१ घर भएका ५८ वर्षीय पन्त मंगलबार बिहान डडेल्धुरा सदरमुकाम नजिक रहेको स्याउले बजार नजिक सडक छेउको खाल्डोमा मृत भेटिएका हुन्।
पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनाका कारण मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।
नायकका अनुसार पन्तको शव डडेल्धुरा अस्पतालमा लगिएको छ भने घटनाको अनुसन्धान भइरहेको छ।