भदौ २४
केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवाखोलामा खसेको पहिरोमा आएको ढुंगा लागेर एक किशोरको ज्यान गएको छ। जिल्लाको अमरगढी नगरपालिका ४ बस्ने १७ वर्षीय राकेश ऎरको ज्यान गएको हो।
हिजो (शनिबार) डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो। घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज विहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
म१प ८८३० नम्बरकोे मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ