२१ भदौ
डडेलधुरा को भागेस्वर मा हरेक ३ बर्षमा लाग्ने प्रशिद्ध जोगेनी जात (मेला) आज भव्यरुपमा सम्पन्न भएको छ । भागेस्वर गाउपालिकाको वडा नम्बर २ को जोगेनी टुक्रा भन्ने स्थान मा आज जोगेनी मेला सम्पन्न भएको हो ।
१३ औ सत्तावद्धी बाट मनाउन थालिएको जोगेनि जात लाई भुत को मेलाको रुप मा पनि लिने गरिन्छ ।
परापुर्ब काल मा भागेस्वर गाउपालिका वडा न २ का सुनी जातिका मान्छेहरु ले महाकाली नदि मा माछा मारि तत्कालिन राजा नागी मल्ल लाई उपहार लैजाने क्रम मा हाल को जोगेनी टुक्रा रहेको स्थान मा रात पर्न गई उक्त स्थान मा आराम गर्न बसेको र उज्यालो हुदा माछा ले ढुङ्गा को रुप लिएको र पछि माछाको रुप लिएका ढुङ्गा माछा नभै भुत भएकोले उक्त भुतले रुपाल क्षेत्र मा सताउन थाले पछि जोगेनी माता को पुजा गरि शान्त पारिएको स्थानिय को बिस्वास छ ।
परापुर्वकाल देखि मनाउन थालिए पनि यातायात को असुबिधा र प्रचार प्रसार को कमिले वरपरका स्थानिय मात्र मेला भर्न आउने गरेका भए पनि पछिल्लो समय सडक सन्जाल सुधार र विभिन्न माध्यम बाट प्रचारप्रसार भए पछि मेला भर्न आउने को सँंख्या बढेको भागेस्वर गाउपालिकाका अध्यक्ष हेम राज चटौट ले बताउनु भयो ।
यस पटक को जोगेनी जात मा डडेल्धुरा बाहेक कैलाली, कंचनपुर , बैतडी बाट समेत मेला भर्न आएका थिए ।
केही समय पहिले समय सम्म महाकाली नदिमा रहेको अस्थाई नाकाबाट डुङ्गा तरेर केही भारतिय हरु पनि मेला हेर्न आउने गरेको मा पछिल्लो ९ बर्ष यता भारतीय हरु मेला भर्न आउन छाडेको स्थानियले बताए ।
You might also like