डडेल्धुरा बहुमुखी क्याम्पसको वार्षिकोत्सव, मुख्यमन्त्रि शाह प्रमुख अतिथि

२० भदौ
डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराले क्याम्पस स्थापनाको २८ वर्ष पछि पहिलो पटक आफ्नो बार्षिकोत्सव मनाएको छ ।
क्याम्पस प्रमुख गंगादत्त उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रि प्रकाश बहादुर शाह प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने सुदुरपश्चिम प्रदेशसभा सदश्यद्धय खगराज भट्ट, सरस्वती खड्का र सुदरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रि गोबिन्दराज बोहरा विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
२०५२ साल कृष्ण जन्माष्टमीको दिन शिक्षा संकाय तर्फ एक वर्षे स्नातकको पढाई सुरु भएको डडेल्धुरा बहुमखी क्याम्पसमा हाल विभिन्न संकायमा स्नातक र स्नातकोत्तरको पढाई भईरहेको क्याम्पस प्रमुख गंगा दत्त उप्रेतीले बताउनु भयो ।
स्थापनाकालमा सुदुरपश्चिमका प्रायः सबै जिल्लाको विद्यार्थिहरुले अध्ययन गर्न आउने गरेको डडेल्धुरा बहुमुखी क्याम्पसमा पछिल्लो समय विद्यार्थि संख्या कम भए पनि विस्तारै बढीरहेको क्याम्पसले जनाएको छ ।
कार्यक्रमका अधिकांस वक्ताले क्याम्पसको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नका लागी प्रदेशसभा सदश्य र सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रि लाई आग्रह गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको भलिवल प्रतियोगीता फाईनल खेलको को उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रि प्रकाश बहादुर शाहले गर्नु भएको थियो भने विजेता तथा उपविजेताहरु लाई कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथि बाट पुरुस्कार वितरण गरिएको थियो ।
आज विहान पे्रश युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशको नाम परिवर्तन गर्नको लागी वेला वेलामा चर्चा हुने गरे पनि तत्काल त्यसको तयारी नभएको र प्रदेश राजधानिको लागी गोदावरी मा नभए विकल्प खोज्न सकिने बताउनुभएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.