काम गरेर लोकप्रिय बन्दै आलिताल वडा नं.२ का अध्यक्ष प्रमोद मल्ल

५ भदौ
डडेल्धुराको आलिताल गाउंपलिका वडा नं.२ मा स्थानियतहको निर्वाचनमा निर्वाचित भए संगै जनतासंग प्रत्यक्ष सम्पर्कमा रही काम गरिरहेका वडा अध्यक्ष प्रमोद बहादुर मल्ल स्थानिय विच लोकप्रिय हुदै गईरहेका छन् । स्थानिय तहको निर्वाचनमा निर्वाचित भएको छोटो समयमा नै वडा भित्र जनताका पक्षमा राम्रै कामको सुरुवात गरेको गरेको आलिताल गाँउपालिकाका स्थानियहरुले बताउने गरेका छन् ।
सिमित श्रोतका कारण सबै कुरा वडाको वजेटले समाधान गर्न नसके पनि वडा अध्यक्ष मल्ल वडाको समस्या समाधानका लागी विभिन्न निकायहरु सम्म आफना मागहरु राखी समस्याको समाधानको प्रयास गरिरहेका छन् ।
निर्वाचित भएको पहिलो वर्षमै वडा नं.२ का जनता लाई स्थानिय स्तरमै उत्पादित दहगाढ जलबिधुत सेवा प्रयोग गरे वाफतको शुल्क निशुल्क गरेका थिए भने वडा नं. २ मा रहेको उणीकोट माध्यामिक बिद्यालयमा कक्षा ११ सम्मको पढाई पनि सुरु गरेका छन् ।

आज मात्र वर्षाको कारण बाटो अवरुद्ध भए पछि वडा कै मटेलाका गर्भवती महिला लाई स्टेचरमा बोकेर गांखेत गाखेत स्वास्थ्य चौकिमा लैजादै गरेको तस्विर सामाजिक संञ्जालमा चर्चित बन्न पुगेको छ । सामाजिक संञ्जालमा आएको तस्विर बारे वडा अध्यक्ष मल्ल संग जिज्ञाशा राख्दा यो आफनो कर्तव्य रहेको र आफुले कुनै नयाँ काम नगरेको बताउदै केहि दिन अगाडी आएको अविरल बर्षाका ग्रामीण सडक अबरुद्ध भएका कारण एम्बुलेन्स जान नसक्दा स्टेचरमा नै बोक्नु परेको बताए ।
अविरल वर्षाका कारण केहि दिन देखी सडक अवरुद्ध रहेकोले केही दिन मात्र अगाडी मात्र वडा अध्यक्ष मल्ल लगायतका स्थानियले गांखेत देखि डोटीको गैरा सम्म नै गर्भवति महिलालाई स्टेचर मै बाकेर पुर्याएका थिए । गैरा गांखेत सडक पनि अबिरल बर्षाका कारण साथै नयाँ ट्राक र डबल कटिङ्गका कारण ठुला ठुला ढुङ्गा र पहिरोले अबरुद्ध भएको छ ।

You might also like