लोकसेवा आयोगले माग्यो ३६० जना सवारी चालक

३१ साउन
लोक सेवा आयोगको केन्द्रिय कार्यालयले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ।

एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ। दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ।

आवश्यक कागजपत्र सहित आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन आयोगले सूचना मार्फत आग्रह गरेको छ।

You might also like