डडेल्धुराका निरज लाई दक्षिण कोरियामा रजत पदक

३० साउन
डडेल्धुराका तेक्वान्दो खेलाडी निरज देउवाले दक्षिण कोरियामा सम्पन्न पतियोगितामा रजत पदक प्राप्त गरेका छन् । दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित आठौ डाईजीवन एमडिसि कप अन्तराष्ट्रिय खुला तेकान्दो प्रतियोगितामा देउवाले रजत पदक प्राप्त गरेका हुन ।
दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा सन २०२३ अगस्त ११ देखी अगस्त १६ गते सम्म दक्षिण कोरियाको ताईयन शहरमा आयोजना गरिएको अन्तराष्ट्रिय खुला तेकान्दो प्रतियोगितामा नेपालका निरज देउवाले आज रजत पदक जितेका हुन ।
नेपालका विभिन्न प्रतियोगितामा सहभागी निरजले अजरबैजान, दक्षिण कोरिया, भारत , पाकिस्तान लगायतका देशहरुमा आयोजना भएको विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिई पदक तथा पुरुस्कार हरु जितिसकेका छन् ।
हाल शसस्त्र प्रहरी वलमा कार्यरत निरज देउवा आफु व्यक्तिगत लगानीमा अन्तरािष्ट्रय स्तरको प्रतियोगितामा सहभागी जनाईरहेको बताउदै सरकारले खेलकुद क्षेत्रमा लगानी लगाउन सके मार्शल आर्टको क्षेत्र नेपालमा प्रशस्त सम्भावना रहेको क्षेत्र भएको बताउछन् ।

You might also like