२८ साउन
नेपाल सरकार बाट भर्खर मात्र सार्वजनिक गरिएको विद्यालय शिक्षा ऐन २०८० पेशागत शिक्षकहरुको पेशागत शुरक्षा र स्वाभिमानको खिलाफ रहेको भन्दै देशभर बिरोध कार्यक्रममा उत्रिएको नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको आयोजनामा आज डडेल्धुराका सात वटै पालिकामा धर्ना बसी ज्ञापन पत्र बुझाएका छन् ।
भर्खर जारी भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा यो भन्दा पहिले नै नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय विच भएको ३० बुँदे र ५१ बुँदे सहमतीको बुदा हरु लाई उचित रुपमा नसमेटेको आरोप लागाउदै नेपाल शिक्षक महासंघसंघ आन्दोलनमा उत्रिएको हो ।
नेपाली शिक्षक तथा कर्मचारीहरुको न्यायिक माग तथा तथा मुद्धा सम्बोधन गर्न संघिय सरकार,संसद तथा राजनितिक दल लाई अनुरोध गर्नका लागी आन्दोलन सुरु गरिएको आन्दोलनमा सहभागी शिक्षक बेद प्रकास पनेरुले बताउनु भयो ।
शिक्षक कर्मचारीहरुको न्ययिक माग तथा विगतमा भएका सहमती र सम्झौताहरु लाई नयाँ ऐनमा सम्बोधन गर्न दवाव दिने उद्देश्यले आन्दोलन सुरु गरिएको बताउदै आन्दोलनकारीको तर्फ बाट डडेल्धुराका ७ वटै पालिका लाई ज्ञापनपत्र बुझाएका थिए ।
आज देसभर ७५३ वटा स्थानिय पालिकामा धर्ना वसि ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक महासंघ ले आउदो ३० गते देशभरको शिक्षा विकास तथा समन्वय ईकाई घेराउ गर्ने कार्यक्रम राखेको आन्दोलकारी शिक्षक कर्मचारीहरुले बताए ।