नेपाल विद्यार्थि संघ डडेल्धुरा र लुम्बिनि एकेडेमिक फाउन्डेसन विच छात्रबृतिका लागी सम्झौता

२७ साउन
काठमाण्डौको लुम्बिनि एकेडेमिक फाउन्डेसन ले एस.ई.ई. परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने डडेल्धुराका गरिव तथा जेहेन्दार विद्यार्थिहरु लाई छात्रबृति दिने भएको छ । यस वर्ष उत्कृष्ठ नतिजा ल्याउने डडेल्धुराको सात वटा पालिका बाट एक एक जना गरी जम्मा ७ जना लाई पूर्ण छात्रबृति र प्रत्येक पालिका वाट ३ जना लाई आंशिक छात्रबृति गरी जम्मा २८ जना लाई छात्रबृति प्रदान गरिने नेपाल विद्यार्थि संघ डडेल्धुराका अध्यक्ष पवन ऐर ले बताए ।
लुम्बिनि एकेडेमिक फाउन्डेसन मा पूर्ण छात्रवृति प्राप्त गर्ने ७ जना विद्यार्थिहरुले परिक्षा तथा प्रयोगात्मक शुल्क मात्र तिर्नु पर्नेछ भने आँशिक छात्रबृति पाउने २१ जना लाई वार्षिक कुल शुल्कको ७५ प्रतिसत छात्रबृति दिईनेछ ।
काठमाण्डौको चावहील चुच्चेपाटीमा रहेको लुम्बिनि एकेडेमिक फाउन्डेसन का प्रवन्ध निर्देशक रविन चन्द्र कोईराला, नेपाल विद्यार्थि संघ केन्द्रिय सदश्य ई.भुवन भट्ट र नेपाल विद्यार्थि संघ डडेल्धुरा का अध्यक्ष पवन ऐरले हस्ताक्षर गरेको सम्झौता पत्र अनुसार ३ वर्षमा डडेल्धुराका जम्मा ८४ जना जेहेन्दार र गरिव विद्यार्थिहरुले छात्रबृति प्राप्त गर्नेछन् ।
छात्रबृति प्राप्त गर्नको लागी सम्बधित स्थानिय तहको प्रमुखको सिफारिस हुनुपर्ने र उक्त प्रयोजनका लागी लुम्बिनि एकेडेमिक फाउन्डेसनको तर्फ बाट सबै पालिका लाई पत्र पठाई सकेको नेपाल विद्यार्थि संघ डडेल्धुराका अध्यक्ष पवन ऐर ले बताए ।
सन २००६ मा स्थापन भएको लुम्बिनि एकेडेमिक फाउन्डेसन, चावहील, काठमाण्डौमा विज्ञान, व्यवस्थापन, मानविकि र कानुन संकायमा अध्यापन भईरहेको छ ।

You might also like