कसम

हर कसैले
विषम परिस्थितिमा
कसम खान्छन
कसै कसैले अवसरमा
कसैले मनै देखि त कसैले देखावटी
जसले जसरी गरे पनि
दृढ प्रतिज्ञा त हो नि
ईश्वरको नाममा होस वा
आमाको नाममा हो वा
छोराको नाममा
माटो छोएर हो वा किताब
प्रतिज्ञाबद्ध रहन्छ
हरेक मान्छे भीष्म हुन सक्दैनन
प्रतिज्ञा त भन्ने कुरा न हो
अलिकति भए पनि हिच्किचाउछन
तर डर मानीमानी खाएको कसम
आँखा चिम्लेर तोडछन
काटछन,घाँटी निमोटछन
धज्जि उडाउछन
आज खाने सपथहरु
कर्मकाण्डी भैसके
कसमका लागि कसम
प्रक्रियाका लागि कसम
प्रतिबद्धताका लागि कसम
कुकुर,गधा बन्न बेर लगाउदैनन
गाई खाने,गु खाने भन्न बेर लाउदैनन
बिद्यानास ,विद्या कासम
आफ्नै पनि कसम खान्छन
मरिजानु समेत भन्ने गरिन्छ
देशको कसम
माटोको कसम
देश र जनताका नाममा
दाउरा,सुरुवात लगाएर हुन वा
टाईसुटमा ठाँटिएर
औपचारिक रुपमा कसम खान्छन
देखाउन मात्र
नास्तिक देशमा
के को आस्था के को बिश्वास
सपथ,कसम,बाचा
आस्था बिश्वासमा भर पर्छ
कसमको कुनै सिमा, मापदण्ड हुने भए
कसम तोडदा कसुर ठहरिने भए
सबैजसोले त कसम खान्थेनन
पाप पुण्य जस्तै
भावनात्मक नाता मात्र छ कसमको
आखिर कसम त कसमै हो
धीत मर्ने गरि खाउन
एक क्षण्का लागि
त्यसको प्रभाव व्यापक छ
दीर्घकालीन छ
बुझ्नेलाई श्रीखण्ड
नबुझ्नेलाई खुर्पाको बिड

परशुराम १२ डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.