समुदायमा मनायो रेडियो अमरगढीले आफनो १४औँ बार्षिकोत्सव

२६ साउन
डडेल्धुरा स्थित सामुदायिक रेडियो अमरगढी ले आफनो १४ औँ वार्षिकोत्सव भागेश्वर गाँउपालिका वडा नं.५को दुर्गम वस्ति “चुल्ल” मा मनाएको छ । २०६७ मा स्थापना भई साउन २६ गते परिक्षण प्रशारण सुरुगरेको रेडियो अमरगढी आजको दिन बाट १३ वर्ष पुरा गरी १४ औँ बर्षमा प्रवेश गरेको छ ।
रेडियो अमरगढीका स्टेशन म्यानेजर लोकेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न भएको १४औँ वार्षिकोत्सव कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभा सदश्य सरस्वती खड्का प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने कार्यक्रमको अतिथिको रुपमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, भागेश्वर गाँउपालिका प्रमुख हेमराज चटौत, सुरक्षा निकायका प्रमुखहरु, नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्र प्रमुख रमेश प्रसाद अवस्थि लगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित थिए ।
रेडियोले आफनो वार्षिकोत्सव यस बर्ष देखी शहर केन्द्रित नगरेर समुदाय केन्द्रित गर्न लागेको र यस वर्षको वार्षिकोत्सवमा ७ वर्ष पहिले उज्यालो भागेश्वर अभियान सुरु भएर केही काम सम्पन्न भए पनि हाल सम्म विजुली पुग्न नसकेको भागेश्वर गाउपालिका वडा नं.५को “चुल्ल” गाँउ सम्म सम्बन्धित सरोकारवाला लाई पुगाई “चुल्ल” गाँउमा विजुली कहिले बल्छ ? भनि अन्तरक्रिया गरिएको रेडियो अमरगढीका स्टेशन म्यानेजर लोकेन्द्र ओझाले बताउनु भयो ।
कार्यक्रमका अधिकांस सहभागीहरुले “चुल्ल” गाँउमा विजुली पुग्न किन ढिला ? भनि प्रश्न गरेका थिए भने कार्यक्रमका वक्ताहरुले अवको केही समय भित्रनै “चुल्ल” गाँउमा विजुली पुगाउन आ आफनो तर्फ बाट प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशसभा सदश्य सरस्वती खड्काले सबैले आ आफनो क्षेत्र बाट पहल गरौ, सबै मिलेर विजुलीको यो समस्या तत्काल समाधान गर्न अनुरोध गर्दै २१औँ सताव्द्धी अनि गाँउपालिकाको केन्द्र बाट ५-७ किमिको दुरीमा रहेको समुदायमा बत्ति नहुनु लाजको विषय हो भन्दै सामान्य वत्तिको व्यवस्था गर्न नसक्ने हामीले के राजिनिति गर्ने भन्नु भयो ।
आफ्नौ १४औँ वार्षिकोत्सवको अवसरमा रेडियोले हिजो अमरगढी नगरपालिका वडा नं.३ स्थित जनसेवा आधारभुत विद्यालय, डाडाकोट, पथरोडामा शैक्षिक सामाग्री पनि वितरण गरेको थियो ।

You might also like