डडेल्धुरामा प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रम

२३ श्रावण
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा आज डडेल्धुरा जिल्ला सदरमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
हर प्रहर, गाँउ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ संञ्चालन भईरहेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९र८० मा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा बाट सम्पादन भएका कार्यक्रमहरुको बारेमा जानकारी दिने तथा नेपाल प्रहरी बाट उत्कृष्ठ कार्य सम्पानका लागी सरोकारवालाहरुको सुझाव संकलन गर्नको लागी उक्त कार्यक्रमको आयोजना गरिएको प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले स्वागत मन्तव्यको क्रममा बताउनुभयो ।
प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सुदुरपश्चि प्रदेशसभा सदश्य सरस्वती कुमारी खड्का प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने जिल्लाका सबै पालिकाहरुबाट प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
डडेल्धुराका ७ वटा पालिकामा रहेका ५२ वटा वडामा नेपाल प्रहरीको विभिन्न ३९ वटा प्रहरी युनिट बाट शान्तिसुरक्षाको व्यवस्था मिलाईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पछिल्लो एक वर्षमा विभिन्न अभियान संञ्चालन गरेको प्रहरी नायव उरिक्षक मनोहर प्रसाद भट्टले बताउनु भयो ।
लागुऔषध दुव्र्यशन नियन्त्रण, मदिरा नियत्रण जस्ता क्षेत्रमा कडारुपमा प्रस्तुत भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकमा अपराजन्य घटनाहरुमा गत आर्थिक वर्षको तुलनामा कमी आएको भए पनि आत्महत्याको घटनाहरुमा कमी नभएकोमा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए ।
प्रहरी नायव उरिक्षक मनोहर प्रसाद भट्टले आफ्नो कार्यकालमा जिल्ला प्रहरी कार्यालय भित्र साईवर सेल गठन गरि साईवर सम्बधि अपराधहरु लाई नियन्त्रण गर्ने प्रयास भएको तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लामा गत आर्थिक वर्षमा ६५१ वटा विभिन्न कार्यक्रम गरीएको बताउनु भयो ।
कार्यक्रममा सहभागी अधिकांस वक्ताहरुले पछिल्लो समयमा प्रहरीले देखीने गरी उपलब्धीमुलक काम गरिरहेकोमा प्रशंसा गर्दे आगामी दिनमा सबै पक्ष मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।

You might also like