नेपाल मगर संघ डडेल्धुरा ले बुझायो ज्ञापन पत्र

२२ साउन

नेपाल मगर संघ डडेल्धुराले आज ईलाका प्रशासन कार्यालय जोगबुढा, डडेल्धुरा मार्फत सरकारले मानव अधिकार उलंघन गरेको आरोप लगाउदै आवश्यक कार्वाहीको माग राख्दै गृह मन्त्रालय लाई ज्ञापन पत्र बुझाएको छ ।
एक टेलिभिजन कार्यक्रममा अधिवक्ता भगवती पाण्डेयले मगर र तामांग जातिमा भाईबहिनि बिच विवाहवारी हने गरेको र त्यस्तो सम्बन्ध बाट जन्मिएको बच्चा आपराधिक मानसिकताको हुने भनेर विवादास्पद अभिव्यक्ति दिए पछि पछिल्लो समय देशका विभिन्न स्थानहरुमा क्रमवद्ध रुपले आन्दोलन चलिरहेको छ ।
तामांग समुदाय र मगर समुदायको प्रतिस्ठामा आच पुग्ने अभिव्यक्ति दिएका पाण्डेय लाई आवश्यक सजाय दिन माग राख्दै भएको शान्पिूर्ण आन्दोलनमा प्रहरी धरपकड भएको भन्दै प्रहरी धरपकडमा संलग्न प्रहरी अधिकारी लाई कार्वाही हुनुपर्ने, आन्दोलनका धाईतेहरु लाई उपचारखर्च सहित उचित उपचार दिलाउन र आरोपित भगवति पाण्डेय लाई आवश्यक कार्वाहीको माग सहित ज्ञापन पत्र पेश गरिएको नेपाल मगर संघ सुदुरपश्चिम प्रदेश समितिका सचिव पदम बहादुर डालाले बताउनु भयो ।
नेपाल मगर संघ र नेपाल तामांग धेदुंग जिल्ला समितिले आज देशैभर जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय लाई ज्ञापनपत्र बुझाएको नेपाल मगर संघ डडेल्धुराका अध्यक्ष राम जर्घामगर ले बताउनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.