फोहोर व्यवस्थापन भएन, स्थानिय द्धारा अमरगढी नगरपालिका घेराउ

२२ सावन
डडेल्धुरा स्थित अमरगढी नगरपालिकाको फोहोर व्यवस्थापन फेरी आलोचित बन्न पुगेको छ । आफ्नो घरजाने सडक छेउमै अमरगढी नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै वडा नम्बर १ मालम गाउँवासीले नगपालिका घेराउ गरेका छन्। हिजो आईतवार ज्ञापनपत्र मार्फत नगरपालिकाको ध्यानाकर्षण गराएता पनि नगरप्रमुख डिल्लीराज जोशीले कुनै चासो नदेखाएको भन्दै आज (सोमबार) उनीहरु सडकमै आएर बिरोध गरेका हुन्।
उनीहरुले नाराबाजी गर्दै नगरपालिका घेराउसमेत गरेका छन्। शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका बेला नगरप्रमुख नजिकका एकजनाले हस्तक्षेप गरेको भन्दै स्थानीय झनै आक्रोशित बनेका छन्।
वडा नं.१ का बासिन्दा सहित अन्य वडाका स्थानियहरु आन्दोलनका लागी नगरपालिका पुगे पनि नगर प्रमुख डिल्लीराज जोशीले वार्ता को लागी कुनै चासो नै दिएनन । यद्यपि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले भने प्रदर्शनकारीसँग कुरा गर्ने प्रयास गरिरहेका थिए , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद उपाध्याय ले यो समस्या नगरपालीकाको मात्र समस्या नभएर सबैको सामुहिक समस्या भएकोले समाधानको लागी सबै जुट हुनु पर्ने बताउनु भयो ।

फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको अमरगढी नगरपालिकाले वडा नं.१मा रहेको पिकनिक स्पट मालम दोवाटा नजिकै डम्पिङ साइट बनाएको छ।

गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केहि महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो। तर, हालसम्म पनि जग्गा नपाइएको कारण देखाउदै नगरपालिकाले उक्त क्षेत्रलाई दूषित बनाइरहेको छ। जसका कारण सो क्षेत्रमा मनोरञ्जन लिन पिकनिक खान जानेलाई असर परिरहेको छ।
सोही समस्या सतहमा आउँदा मालम गाउँवासी विरोधमा उत्रिएका छन्। सहनशिलताको सीमा नाघेपछि २१२ स्थानीयको हस्ताक्षर सहित हिजो (आइतबार) नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको थियो। स्थानीयले ७ दिने अल्टिमेटमसहित संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका थिए।
स्थानियबासी आन्दोलीत भईरहदा नगरप्रमुख पन्छिन खोजेको भन्दै जनाताको समस्या समाधानका लागी नगरप्रमुख जनता संग आउनुपर्ने स्थानिय राजनितक दलका प्रतिनिधि हरि प्रसाद भट्टले बताउनु भयो ।

You might also like