डडेल्धुरा अस्पताल लाई अख्तियारको पत्र

२१ साउन
पछिल्लो समय अस्पताल व्यवस्थापन समिति चयनमा विवादित भएको संघिय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पताल फेरी एक पटक विवादमा तानिएको छ ।

डडेल्धुरा अस्पतालमा व्यापक अनियमितता भएको सर्वसाधारणको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।
कञ्चनपुरमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेका गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहि भदौ १५ गते अस्पताललाई राय प्रतिक्रिया सहित काजजात उपलब्ध गराउन आदेश दिएको छ।

अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिदका कागजात तथा सो सम्बन्धी प्रमाण, स्वास्थ्य शिविर सम्बन्धी कागजात, औषधि खरिद, कर्मचारी भर्ना प्रक्रिया, हाडजोर्नी अप्रेशन गर्ने टेबुल खरिद तथा जेनेरेटर खरिद सम्बन्धी कागजात मागेको छ।
ती सम्पूर्ण कागजात १५ दिनभित्र पठाउन अस्पताललाई ताकेता गरिएको हो।
पछिल्लो समय विभिन्न अनियमितता, दरवन्दि अनुसार चिकित्सक नभएको, कार्यकर्ता भर्ति केन्द्र बनाईएको आरोप हरु लागीरहेको छ ।

You might also like