डडेल्धुरामा एक महिने हलुका सवारीचालक तालिम सुरु

५ श्रावण
डडेल्धुरामा युवाहरु लाई लक्षित गरेर एक महिने हलुका सवारी चालक तालिम सुरु भएको छ । उग्रतारा ड्राईभिंग ट्रेनिंग सेन्टर डडेल्धुरामा आज बाट तालिम सुरु भएको हो ।

डडेल्धुरामा कार्यरत गैरसरकारी संस्था एकिकृत विकास समाज ले एफ.सि.ए. को आर्थिक सहयोग मा संञ्चालन गरिरहेको सिम परियोजना अन्तर्गत ६ जना युवाहरु लाई हलुका सवारी चालक तालिम प्रदान गर्न लागेको हो ।
सिमान्तकृत समुदायको आर्थिक तथा सामाजिक शसक्तिकरण गर्ने मुख्य उद्देश्य रहेको सिम परियोजना अन्तर्गत विभिन्न शिप मुलक तालिम दिएर आर्थिक सशिक्तकरण गर्ने उद्देश्य अनुरुप सिलाई कटाई, ब्यूटिपार्लर, होजियारी र कुक तालिम हरु संञ्चालन भईरहेको छ ।
डडेल्धुराको गन्यापधुरा गाउपालिका र अमरगढी नगरपालिका, बैतडीको पाटन नगरपालिका कार्यक्षेत्र रहेकोे सिम परियोजना अन्तर्गत संञ्चालन भईरहेको एक महिने हलुका सवारी चालक तालिममा २ जना महिला तथा ४ जना पुरुष सहभागी छन् ।
पहिलो चरणमा ६ जना युवाहरु लाई सवारी चालक तालिम प्रदान गर्न लागिएकोमा केही दिन भित्र दोश्रो चरणको तालिम सुरु गर्ने एकिकृत विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक पद्मा गुरुंगले बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.