३१ असार
डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन।
डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ६ भण्डारी गाउँका ४२ वर्षीय विरसिंह भण्डारीलाई एकनाले भरुवा बन्दुक सहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो।
भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो।