पुल नहुदा आलिताल घुम्न आउने पर्यटक र स्थानिय लाई सास्ति

२३ असार
सुदूरपश्चिम कै प्रसिद्ध पर्यटकीय गन्तव्य को रुपमा चिनिने डडेल्धुराको आलिताल सम्म पुग्नका लागीे रंगुन नदीमा मोटरेबल पुल नहुँदा स्थानिय तथा पर्यटकहरु लाई सास्ती हुने गरेको छ।
आलिताल गाँउपालिका वडा नं.–८ को घुम्ती बजार र वडा नम्बर ३ को झोता जोड्ने रंगुन नदीमा पुल नहुँदा समस्या भएको स्थानीय छबिलाल थापामगरले बताए। बर्षाको समयमा रंगुन नदीमा पानी बढ्दा आलिताल घुम्न आउने पर्यटक लाई मात्र नभएर स्थानियबिरामी तथा अन्य नागरिक ले निकै सास्ती भोग्नु परेको छ ।
आलितालवासीले १५ वर्ष भन्दा बढी समय देखि लगातार अनि निरन्तर रूपमा यहाँ पुल बन्नुपर्छ भनेर माग गर्दै आइरहे पनि हाल सम्म कुनै सुनुवाइृ भएको छैन।आलितालका प्रतिनिधिहरु ले बेलाबेलामा पुलको माग राखेर प्रधानमन्त्री, मन्त्रीलाई भेटेर पनि पुन बनाइदिन आग्रह गरे पनि तर, अहिले सम्म पनि माग सम्बोधन भएको छैन ।पुल निर्माणका लागी प्रदेश सरकार बाट सम्भाव्यता अध्ययन समपन्न भए पनि यसवर्षको बजेटमा पनि पुल निर्माण परेन।
सुदुरपश्चिम कै पर्यटकिय गन्तव्य आलिताल मात्र नभएर यस क्षेत्रका तमाम स्थानियहरुका लागी अति आवश्यक ठानी पुल निर्माणका लागी आफूहरूले पटक–पटक प्रदेश र संघीय सरकारसँग माग गरेपनि बेवास्ता गरिँदै आएको स्थानीयवासी तथा संविधानसभा सदस्य हरिलाल थापामगर बताउनु भयो। एमाले, कांग्रेस र माओवादी नेतृत्वको सरकारसँग हारगुहार गर्दा पनि मागको सुनुवाई कतैबाट पनि नभएको र घुम्ती–आलिताल–चौडबन्डाले–चिर्किट्टे खण्ड अन्तर्गत यहाँको रंगुन खोलामा अनिवार्य रूपमा पुल निर्माण हुनुपर्ने संविधानसभा सदस्य थापाको माग छ।

घुम्ती–झोता मा पर्ने रंगुन नदि तरेर आलिताल गाँउपालिका वडा ३ का दर्जनौं बस्तीका नागरिक ओहोरदोहार गर्दछन्। तर, रंगुनमा पुल नहुँदा उनीहरू आफ्नो ज्यान नै जोखिममा राखेर नदी गर्न बाध्य छन्। यहाँ पुल निर्माणका लागि स्थानीय सरकारले पटक–पटक प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गरेको आलिताल गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहराले बताइन्। तर, प्रदेश र संघीय सरकारले आफूहरूका मागलाई सम्बोधन नगरेको र स्थानीय सरकारसँग पक्की पुल बनाउन बजेट नभएको उनको भनाइ छ।

घुम्ती–आलिताल–चौडबन्डाले–चिर्किट्टे सडक खण्डको रंगुन नदी पुल निर्माणको माग गर्दै आलिताल गाँउपालिकाको तर्फ बाट संघीय सरकारको भौतिक मन्त्रालयमा फाइल दर्ता गराउईएको तर त्यसको कुनै सुनुवाई नै नभए पछी सोही फाइललाई प्रदेश सरकारमा पनि बुझाईएको र प्रदेश सरकार वाट उक्त पुल लाई प्राथमिकतामा राख्ने आश्वासन पाए पनि बजेट नपर्दा यहाँका स्थानीय सँगै जनप्रतिनिधि हरु चिन्तित र दुखि देखिन्छन ।
पुल नहुँदा डडेल्धुराको भित्रिमधेश क्षेत्रमा पर्ने आलिताल र परशुराममा नदि तर्ने क्रममा वर्षेनि एकदुई जनाको ज्यान जाने गरेकोले पनि यस क्षेत्रमा पुल निर्माण हुन नितान्त आवश्यक रहेको छ । पुल नबन्दा सवारी साधन र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या पर्दा आलिताल घुम्न आउने पर्यटकहरु लाई निकै सास्ति हुने गरेको छ भने कतिपय पर्यटकहरु आलिताल नपुगि फर्कने गरेको स्थानियको भनाई छ।

हरेक बर्ष बर्षामा अवरुद्ध हुने उक्त क्षेत्रमा बर्षा सकिए पछि ह्युम पाईप राखि अस्थाई रुपमा मोटर हिड्न मिल्ने बाटो बनाईए पनि बर्षा लागे संगै ह्युम पाईप निकाल्ने गरे पछि स्थानियहरु जोखिम मोलेर खोला तर्ने गरे पनि पर्यटकहरु भने फर्किने गरेका छन । पालिकाको तर्फ बाट संघिय सरकार, प्रदेश सरकार मा धेरै पटक पहल गरे पनि र पुलको योजना हालिदिने आश्वासन दिए पनि अन्तिम समयमा धोका भएको गाँउपालिका अध्यक्ष शेर सिँह पार्किले गुनासो गर्नुभयो ।
वर्षायाम सुरु भए संगै डडेल्धुराको भित्रिमधेश क्षेत्रमा आउने बाढी र पहिरोले यस क्षेत्रका स्थानियको गाँस र वास मात्र खोस्दैन ज्यानै गुमाउनु पर्ने अवस्था आउने गरेको छ भने आवश्यक भौतिक पूर्वाधारहरु निर्माण नहुदा प्रशस्त पर्यटकिय सम्भावना भएका पर्यटकिय गन्तव्यहरु सम्म पर्यटकहरु पुग्न सकिरहेका छैनन ।

You might also like