१३ असार
सुदुरपश्चिमको पहाडि जिल्लामा पहिलो पटक धनगढी–डडेल्धुरा विद्युतीय माइक्रो बस सेवा सञ्चालन हुने भएको छ । आज(बुधवार) देखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आउने भएको हो। डडेल्धुरा–धनगढी–डडेल्धुरा रुटमा आजदेखि नियमित रुपमा बिजुली बस सेवा सञ्चालन हुने बताइएको छ।
बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार आजदेखि बिहान ८ बजे डडेल्धुरा बाट धनगढी सम्म र दिउसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरा सम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ।
निकट भविश्यमा बिजुली बस सेवा प्रालि बाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्ज सम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टले बताएका छन्।