बैतडीको दुर्गम गाँउ पुग्यो भायानेटको फाइबर नेट

७ असार
बैतडीको दशरथचन्द नगरपालिका २ थलाल गाउँमा पहिलो पटक ईन्टरनेट प्रदायक कम्पनि भायानेटको फाईवर नेट पुगेको छ । अहिले सम्म कुनै कम्पनिको नेटवर्क नै नटिप्ने भएपछि गाउँवासी इन्टरनेटको पहुँच बाहिर थिए।
भायानेट फाईवर पुगे पछी उनीहरूको अत्याधुनिक स्पीडसहितको इन्टरनेट चलाउने सपना पूरा भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अप्टिकल फाइबरमार्फत थलाल गाउँवासीको सपना पूरा गरिदिएको हो।

देहीमाण्डौं बजारबाट २ किलोमिटर दुरीमा रहेको गाउँमा थलाल गाउँमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरिएको भायानेटका शाखा प्रवन्धक सजन सिंह ठकुरीले बताए। उनले स्थानीयहरुको आग्रहमा गाउँमा इन्टरनेट सेवा विस्तार गरिएको उनले बताए। इन्टरनेट विस्तार गर्न आफ्नो टिम गाउँमा पुग्दा गाउँवासीले स्वागत गरेको र टिमलाई सहयोग गरेको समेत उनले बताए।

भायानेटले इन्टरनेटबाटै टिभी चल्ने प्याकेजसहित गाउँमा इन्टरनेट सेवा विस्तार गरेको उनले बताए।सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्ने कम्पनीको योजना अनुसार इन्टरनेट सेवा विस्तार गरिएको बताइएको छ।

गाउँमा अप्टिकल फाइबारमार्फत इन्टरनेट सेवा पुगेपछि स्थानीयबासीहरु पनि खुसी भएका छन्। अब नेटवर्क नाआएपनि इन्टरनेटबाटै आफन्तसँग कुराकानी गर्न सकिने तथा घरबाटै सम्पूर्ण विश्वको खबर थाहा पाइने स्थानीय हरिश थलालले बताए।

अहिले थलाल गाउँका २० घरमा इन्टरनेट विस्तार गरिएको छ भने थप २० घरमा जडानका लागि प्रक्रिया थालिएको छ। भायानेटले बैतडीका बजार क्षेत्रहरुमा यसअघि नै फाइबरबाट इन्टरनेट सेवा विस्तार गरिसकेको छ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ. एस. ओ. ९००१:२०१५ प्रामाणिक कम्पनी हो।

You might also like
Leave A Reply

Your email address will not be published.