डडेल्धुरा अस्पतालको अध्यक्षमा ओझा नियुक्त

६ असार
डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पूर्वअध्यक्ष समेत रहेका ओझा अध्यक्षमा नियुक्त भएका हुन् ।
यसअघि जेठ ३ गते पनि ओझालाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । तर, सर्वोच्च अदालतले उक्त नियुक्तिबारे कारण देखाउ आदेश माग्दै पूर्वअध्यक्ष लक्ष्मण सिंहलाई कामकाज गर्न अन्तरिम आदेश दिएको थियो ।
सिंहको शैक्षिक योग्यताका प्रमाणपत्रमाथि प्रश्न उठेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । आज मन्त्रीस्तरीय निर्णयबाट ओझालाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.