सुदूरपश्चिमको मौसममा आज आंशिक बदली, भोलि राति देखी बर्षा हुने सम्भावना

३ असार
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मौसम आइतवार आंशिक बदली हुने भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार आज (आइतवार) सुदूर पहाडको मौसम आंशिक बदली हुने भएको हो। मौसम पुर्वानुमान महाशाखाले आइतवार कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक-दुई स्थानमा मेघ–गर्जन सहित चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आइतवार दिउसो कोशी प्रदेशमा सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने बताइएको छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू–भागका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.