२ असार
विश्व हिन्दु युवासंघ आलितालको अगुवाईमा पर्यटकिय स्थल आलिताल परिसरमा सरसफाई गरिएको छ ।
सुदुरपश्चिम कै पर्यटकिय सम्भावा बोकेको गन्तव्यको रुपमा रहेको आलितालमा पर्यटकको सख्या बढे संगै ताल परिसरमा फोहर जम्मा हुन थाले पछि सरसफाई गरिएको विश्व हिन्दु युवासंघ आलितालका अध्यक्ष डम्मर बोहराले बताए ।
विश्व हिन्दु युवासंघ आलितालले ताल परिसरमा सरसफाई संगै ९ वटा डस्टविन पनि सहयोग गरेको छ । आलिताल गाउंपालिकाकै पहिचान बोकेको आलिताललाई सरसफाई र सुन्दर राख्न युवाहरुको भुमिका र दायित्व समेत रहेकोले सरसफाई गरिएको विश्व हिन्दु युवासंघ डडेल्धुराका सदस्य नबिन खड्काले बताए । आलिताल धार्मीक तवरले पनि पहिचान बोकेको हुदा यसको संरक्षण र सम्बद्र्धन गर्ने हाम्रो दायित्वनै रहेको खड्काले बताए ।
उक्त कार्यक्रममा एक्यबद्धता जनाउदै प्रहरीचौकी आलितालले पनि सरसफाईमा सहयोग गरेको थियो । प्रहरीचौकी आलितालका प्रमुख भुबन सिं धामीले समुदाय( प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आफुहरुले पनि ताल परिसरमा सरसफाई गरिएको बताए ।