अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई महिला पक्राउ

२ असार
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका १ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् ।
अमेरिका बस्दै आएका प्रतिवादी मध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग चिनजान गरी अमेरिकाको एक नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र एक अर्काे अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक २ हजार देखि ३ हजार
डलर सम्मको जागिर लगाई दिन्छु भन्दै नेपालमा रहेका निर्मला महर्जन,अल्पा ढकालसमेत मार्फत विश्वास दिलाई झुक्यानमा पारी ३६ जना पीडितहरूको १ करोड ६१ लाख २० हजार ५ सय रुपैयाँ रकम ठगी गरेको भन्ने जाहेरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न निर्मला र अल्पालाई पक्राउ गरेको हो । उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिईप्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.