२ असार
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाँउपालिकाका बाढी पहिरो बाट प्रभावित ६६ घरधुरी लाई घर निर्माणका लागी प्रति घर ४ लाख का दरले सहयोग गरिएको छ ।
२०७८ को भदौ ३१ देखी असोज २ गते सम्म परेको अविरल परेको बर्षाको कारण क्षतिग्रस्त भएका गन्यापधुरा गाँउपालिकाको वडा नं.१ देखी वडा नं.५ सम्मका ६६ घरधुरी लाई केन्द्र सरकार, प्रदेश सरकार र गन्यापधुरा गाँउपालिकाले संयुक्त रुपमा जनहि ४ लाख रुपैया जिल्ला विपद व्यवस्थापन समिति को विपद व्यवस्थापन कोष मार्फत उपलब्ध गराउने योजना अनुरुप सहयोग गरिएको हो ।
प्रतिघर लाई उपलब्ध गराईने भनिएको ४ लाख मध्ये गन्यापधुरा गाँउपालिकाले १० प्रतिसत, प्रदेश सरकारले ३० प्रतिसत र संघ सरकारले ६० प्रतिसत रकम उपलब्ध गराउने शर्त अनुरुप संघ सरकार र गन्यापधुरा गाँउपालिकाले आफ्नो दायित्वमा रहेको रकम भुक्तानि गरिसके पनी प्रदेश सरकार बाट हुने भनिएको रकम भुक्तानिको प्रकृयामा रहेको छ ।
गन्यापधुरा गाँउपालिका वडा नं.१ मा १९ घर, वडा नं.२ मा १५ घर, वडा नं.३ मा १३ घर, वडा नं.४ मा ९ घर र वडा नं.५ मा १० घर गरी जम्मा ६६ घर निर्माणका लागी तिनै तहको सरकारको तर्फ बाट संयुक्तरुपमा सहयोग गरिएको हो ।
संविधानको मुल मर्म अनुसार तिनै तहको सरकार मिलेर गन्यापधुरा गाँउपालिकाको बाढी पहिरो पिडितहरु लाई सानो सहयोग गरिएको र गन्यापधुरा गाँउपालिकाले आफ्नो दायित्वमा रहेको रकम विपद व्यवस्थापन कोषमा दाखिला गरिसकेको गन्यापधुरा गाँउपालिका अध्यक्ष ईन्द्र बहादुर कार्किले बताउनु भयो ।
You might also like