विपद जोखिम न्यूनिकरणका लागी समुदाय स्तरमा कृतिम घटना पूर्वाभ्यास सम्पन्न

समुदायमा हुने सम्भावित विपद जोखिम न्यूनिकरणका लागी डडेल्धुराको समुदाय स्तरमा कृतिम पूर्वाभ्यास कार्यक्रम  सम्पन भएको छ ।

डडेल्धुराको परशुराम नगरपालिका वडा नं.१ र १२ संगै आलिताल गाँउपालिका वडा नं.३ र ८ का ५ वटा समुदायमा समुदाय स्तरको विपद व्यवस्थापन समितिको सहभागितामा कृतिम पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

डडेल्धुराको भित्रि मधेश क्षेत्रमा पर्ने आलिताल गाँउपालिका र परशुराम नगरपालिका विपद जोखिमको हिसावले उच्च जोखिममा रहेको पालिका हुन । यि दुई पालिकाको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले मर्सिकोर नेपालको सहयोगमा स्थानिय साझेदार ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक डडेल्धुरा) द्धारा संञ्चालन भईरहेको  आर.एफ.ए. परियोजनाको सहयोगमा पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

परियोजना संञ्चालन भईरहेको ५ वटा समुदाय बाढी पहिरो तथा आगलागीको उच्च जोखिममा रहेको ले आज सम्पन्न भएको कार्यक्रममा वाढी तथा आगलागी बाट हुने जोखिम न्यूनिकरण तथा पूर्व तयारीको लागी समुदाय स्तरमा गर्नु पर्ने तयारीका लागी कृतिम अभ्यास गरिएको हो ।

सम्भावित विपद बाट हुने क्षति न्युनिकरण तथा समुदाय लाई विपद उत्थानशिल बनाउनका लागी परियोजनाको तर्फ बाट विविध कृयाकलापहरु संञ्चालन भई रहेको रुडुक डडेल्धुराका कार्यक्रम संयोजक खगेन्द्र भट्टराईले बताउनु भयो ।

You might also like