२३ जेठ
मधेस प्रदेश सरकारले आज मंगलबार आफ्नो नीति तथा कायक्रम ल्याउन लागेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आजको लागि समय मागेकोमा सभामुख रामचन्द्र मण्डलले समय दिएका हुन् ।
प्रदेशप्रमुख हरिशंकर मिश्रबाट ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले अढाइ बजेसम्म प्रदेशसभा सदस्यहरुलाई अनिवार्य रुपमा सभाहल भित्र प्रवेश गर्न सभामुख मण्डलले आग्रह गरे ।
उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले आ(आफ्नो सांस्कृतिक पहिरण वा पहिरणमा आउन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री यादवको सरकारले आफ्नो कार्यकालमा पहिलो नीति तथा कार्यक्रम ल्याउन लागेका हुन् ।