आगलागीवाट बिभन्न धनमाल जलेर नष्ट

fire isolated over black background

आज बिहान बाजुरा जिल्ला गौमुल गाउपालिका वडा नं. ६ टुनी बस्ने कुले लुहार
र गोरे लुहारको संयुक्त जोडिएको ढुङ्गा माटोले बनेको पत्थरले छाएको ३ तले ८ कोठे कच्ची
घरमा बिजुलीको तार सर्ट हुन गई आगलागी हुँदा भित्र रहेका अन्नपात, लत्ताकपडा, कागजपत्र,
नगद रु ९०,००० हजार र घर पुर्ण रुपमा जली अं। ५ लाख बराबरको क्षेती भएको समाचार छ । मानबिय
तथा चौपाया क्षेती केही नभएको । प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा
लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसै गरि मंगलवार साझतिर जिल्ला बाजुरा बुढिगंगा न।पा।९ सेली बस्ने डम्मर बहादुर
रावतको ढुङ्गा माटोले बनेको खरले छाएको २ तले ४ कोठे कच्ची घरमा बिजुलीको तार सर्ट हुन
गई आगलागी हुदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाबर्तन, कागजपत्रहरु जली नष्ट भई
अं। ७ लाख बराबरको क्षेती भएको । मानबिय क्षेती नभएको, घर भित्र रहेका ५ वटा खरायो जली
मरेको । प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.