नेपाल अनि इसाई मिसन  !

इसाई धर्मको कुरा गर्दा सन् १६२८ तिर राजा लक्ष्मी नरसिंह मल्लको पालामा पोर्च्गुगल बाट फादर डेस्क्युइत् जवान नेपाल आएका थिए , तेतिबेला राजाले उनलाई आफ्नो कुरा जनतासम्म राख्नका निम्ति समय दिएका थिए तर धर्म परिवर्तन भने गर्न नदिएको कुरा सुनिन्छ , पछी सन् १७१५AD तिर रोम बाट केहि मिसिनारी एजेन्ट नेपाल आएको र भक्तपुर र ललितपुरको एरियालाई मध्ये भाग बनाएर भित्र भित्रै धर्म परिवर्तन गर्न र गराउन थालेको सुनिन्छ,पछी राजा पृथ्वी नारायण शाहा ले यो कुरा थाहा पाएपछि तेतिबेलाका मिसिनारी र तत्कालिन नेपाल बाटै पनि धर्म परिवर्तन गरेका ५४ जना नेपालिलाइ देश निकालानै गर्दिएका थिए तेस्को केहि समय पछी सम्म पनि नेपालमा धर्म मिसिनरीहरुलाई नेपालमा निषेधित गरिएको थियो l तर बिस्तारै नेपालले बाहिरि मुलुकहरु संग सम्बन्ध गास्दै गयो र सहयोगको लागि हात फैलाउदै गयो तब तेही बाहानामा मिसिनारी हरु नेपालमा भित्रदै गए र भित्र भित्रै धर्म परिवर्तन गराउदै गए यो कुरा थाह पाएर तत्कालिन राजा बिरेन्द्र बिरा बिक्रम शाह ले तेतिबेलाका चर्च संचालक र मिसिनारीहरुलाई जेल सम्म हालेका थिए,त्यो बेला सम्म पनि नेपाल संसारकै एक मात्र हिन्दु रास्ट्र थियो,नेपालको संबिधान २०४७ ले नै नेपाललाई हिन्दु रास्ट्र घोसणा गरेको थियो,तर अन्तरिम संबिधान २०६३ ले नेपाल हिन्दु रास्ट्र भएको कुरा मेटाएको थियो र धर्म निरपेक्षेता को अबधारणा ल्याएको हो तर धर्म निरपेक्षेताकै आडमा यहा खुलेआम धर्म परिवर्तन गराइरहेको छ मुख्य त हिन्दु धर्ममा पनि एउटा ठुलो समस्या छ त्यो हो जातीयता विभेद जो धर्म परिवर्तनको मुख्य प्राथमिकतामा पर्छ जो तोड्न धेरैनै आबस्यक छ,जो तोडिदै छ तर कसरि?

इसाई धर्मालम्बीहरु गाउ गाउ बस्ति बस्ति छिरेर शोषित र पिडित वर्गहरुलाई खोजेर धर्म परिवर्तन गराइरहेका छन तेस्का निम्ति त्यो वर्ग ले के चाहन्छ,त्यो उनीहरु पुरा गर्दिने बाचा गर्ने गर्दछन चाहे पैसा होस्,घर होस् या रोग निको पार्दिने लोभ l यस्तै गैर कानुनि तरिकाले एउटा ठुलो गिरोह नै यहा भित्र भितराई लागि परेको छ, नेपालको संबिधान २०७२ को धारा २६ को उप दफा ३ ले धर्म परिवर्तन गराउन नहुने र गराएमा कारवाही हुने ब्यबस्था गरेको छ यदि स्वतन्त्र रुपमै धर्म परिवर्तन भैरहेको छ भने बौद्ध धर्म जस्तो सह अस्तित्वको कुरा गर्ने धर्म किन इसाई जसरी बढिरहेको छैन त?

हिसाबनै हेर्ने हो भने सन् १९६१ मा ४५९ जना मात्र इसाई थिए १० बर्ष पछी १९७१ मा २५४६ जना सन् १९९१ मा ३१२८० सन् २००१ मा १०१९७६ २०११ मा ३७५६९९ (तथ्यांक बिभाग अनुसार) २०२१ सालको जनगणना अनुसार धर्म अनुसार को विभाजन भने उल्लेख गरिएको छैन तर माथिको हिसाब संगै मिलान गर्ने हो भने नेपालमा ८/१० लाख सम्म इसाई धर्मालम्बी रहेको आकलन गर्न सकिन्छ l

येसरी बर्षौ पिच्छे इसाई धर्मालम्बीहरु बढ्नुका कारण के हुन त भन्दा जातीय विभेद THE FEDERATION OF NATIONAL CHRISTIAN NEPAL अनुसार ६५% इसाई दलित बर्गका छन् ,दलितहरुलाई तल्लो जातको भनेर हेपिन्छ,शोषण गरिन्छ तब यो दल दल बाट उम्किन इसाई धर्म मा प्रवेश गर्ने गर्दछन तर एउटा अन्ध बिस्वास बाट उम्किन दोस्रो अन्ध विस्वास मा फस्नु भने दयनीय चाहि पक्कै हो,दोश्रो प्रमुख कारण हो पैसा KATHMANDU POST को एक लेख  अनुसार पैसाकै कारण धेरै हिन्दु हरु इसाई भएको देखिन्छ भूकम्प पछाडी पिडितहरु ले चामल पाए ओडने पाए लाउने पाए संग संगै पेशा पनि पाए कतिले त मोटरसाइकल समेत पाएका रहेछन,नेपालमा इसाई धर्मालम्बी हरु बढाउन मात्रै साउथ कोरिया बाट खटिएका छन् धर्म परिवर्तनको नाम मा उनीहरु जति सुकै पैसा पनि खर्च गर्न सक्छन,नेपालमा पनि कम्जोर आर्थिक अवस्था गुणस्तरीय जिबन को लोभ ले धर्म परिवर्तन गर्न सजिलै स्विकार्छन,र अर्को मुख्य कारण भनेको FAITH HEALING हो मतलब विश्वास को उपचार तपाइहरुले सामाजिक संजालमा देख्नु नै भाको होला एशु को नाम मा निको हो,येशु को नाम मा मरिजा हो यसरी नै बिमार मान्छे लाइ मौखिक रुपमा तेरो यो रोग निको हुन्छ येशुले निको पार्छन भन्दै मस्तिस्क मा प्रभाब पारेर मान्छेलाइ धर्म परिवर्तन गराउने गरिन्छ तर संसार मा रोग धर्म हेरेर पक्कै लाग्दैन अनि पक्कै धर्म हेरेर निको हुदैन l

संसार भरिमै नेपाल एक एस्तो देश हो जहा इसाई जनसंख्या सबै भन्दा छिटो बढ्दै छ,नेपालमा ग्लोबलमिसन नेपाल नामको संस्था छ जो २०१३ मा नेपालमा संचालन मा आएको थ्यो र इसाई मिसन संचालन गर्ने गर्दछ र नराम्रो पक्ष भने यसको वेबसाइट खोल्न पास्वोर्ड चाहिन्छ जो कोहिले यो भित्र हेर्न सक्दैन,संस्था संचालनकै ६ वर्षमा नेपालमा ९० भन्दा बढी चर्च खुलिसकेका छन् र संस्था को मुख्य लक्ष बह्नेको २०३० भित्र ४००० वटा चर्च बनाउने हो, २०३० भित्र ४००० चर्च बनाउने यो संस्थाको मिसन कोभिड प्यान्यडेमिकको समय मा बन्दुकको गोलि झैँ फैलिन थाल्यो द नेसनल क्रिस्टियन कम्युनिटी सर्वेका अनुसार नेपालमा हाल ७००० भन्दा माथि चर्च बनिसकेका छन् l

२०७२ सालको भूकम्प पछी यस्ता विभिन्न संगठनहरु नेपालमा सहयोगका नाम मा चामल,कपडा आदि बाँडे र सोझा साझा नेपालीहरुलाई सोझै आफूतिर आकर्षित गर्न थाले तर अनौठो कुरा भने यो थियो को त्यो चामलको पोका भित्र बाइबल थिए,कपडाको पोका भित्र बाइबल थिए l

नेपालको कानुन धर्म परिवर्तन बिरुद्ध छ र ५ बर्ष सम्म जेल सजाए हुने प्राबधान पनि रहेको छ यस्ता कानुन को बाबजुत पनि नेपालमा खुलेआम धर्म परिवर्तन गराइरहेका छन् २०४ बर्षको राजसंस्था ढलिसके पछी र मावोबादी आन्दोलन सक्के पछाडी मिसिनरी हरुको लागि स्वर्णिम युग साबित भएको मिसिनरी हरु नै स्विकार्छन l

#help_INTERNETSOURSES

(प्रस्तुत लेखमा उल्लेख भएका विचारहरु लेखकका निजि विचारहरु हुन ।)

You might also like