स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

२ जेठ
धनगढी उपमहानगरपालिका-४ उत्तर बेहडी चोकबाट स्रोत नखुलेको ४१ हजार
नेपाली रूपैयाँ र ९ लाख भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ
गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २९ वर्षीय अक्षय राना र
सोही ठाउँ बस्ने २८ वर्षीय बिजय राना रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट
खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१००९ प ३८०५ नम्बरको मोटरसाइकलमा सवार
उनीहरूलाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like