नवदुर्गा गाँउपालिका वडा नं.१ मा सडक स्तरोन्नती र कृषिमा आधुनिकिकरण आगामी बर्षको प्राथमिकता

१ जेठ
डडेल्धरा नवदुर्गा गाँउपालिकाको वडा नं.१ ले आगामी बर्ष वडा भित्रका सडकहरुको स्तरोन्नती एबं कृषिका योजनाहरु लाई प्राथमिकतामा राखि काम गर्ने जनाएको छ । चालु आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य र खानेपानी लाई प्राथमिकतामा राखि विभिन्न योजनाहरु सम्पन्न गरेको वडा ले आगामी वर्षको लागी प्राथमिकता निर्धारण गरेको हो ।
जम्मा १६ वटा वस्ती रहेको वडा नं.१ का सबै बस्तिहरुमा मोटर बाटोको पहुँच भईसकेको छ भने शिक्षाका लागी वडामा रहेको ५ वटा विद्यालय हाल लाई प्रर्याप्त रहेको र शिक्षाको गुणस्तरमा सुधार ल्याउनका लागी विद्यालयहरु संग विभिन्न चरणका बैठकहरु बसि छलफल गरिएको वडा अध्यक्ष शेर बहादुर साउद ले बताउनु भयो ।
खानेपानीको चरम समस्या भएको वडा मानिने वडा नं.१ मा एक घर एक धाराको अवधारणा सहित कोटेली बृहत खानेपानी योजना निर्माण चरणमा रहेकोले आगामी दिनमा खानेपानीको अभाव नहुने बताउदै रोजगार श्रृजनाका लागी आधुनिक कृषिका कार्यक्रम अगाढी ल्याउन आवश्यक रहेको वडा अध्यक्ष साँउदले बताउनु भयो ।
युवाहरु रोजगारको लागी बाहिरि देश जाने क्रमलाई रोक्नको लागी कृषिमा आधुनिकिकरण गर्ने र कृषि उत्पादन लाई बढावा दिई वडामै स्वरोजगार श्रृजना गर्ने किसिमले आगामी बर्ष कृषिमा आधुनिकिकरणका कार्यक्रम र वडाभरी निर्माण सम्पन्न भएका सडकहरु लाई स्तरोन्नती गर्ने आगामी बर्षको प्रमुख प्राथमिकताका योजना रहेको वडा अध्यक्ष साउदले बताउनु भयो ।

You might also like