नेपाल प्रेस युनियन डडेल्धुराको अध्यक्षमा योगेन्द्रबहादुर रावल सर्वसम्मत चयन भएका छन्। पाचौं जिल्ला अधिवेशनबाट रावलको नेतृत्वमा १७ सदस्यीय समिति गठन भएको हो।
युनियनको उपाध्यक्षमा राम खत्री र समावेसी उपाध्यक्षमा भानबहादुर विक, सचिवमा पुष्कर भण्डारी, सहसचिवमा पद्मा साउद, कोषाध्यक्षमा पदम जोरा चयन भएका छन् ।
यस्तै सदस्यमा गणेश बहादुर मगर, दिपक भट्टराई , आशिष मल्ल, दिपक राज भट्ट, तर्क राज भट्ट, श्रेया ऎरी, गोपाल राउटे, जुनु मगर, पवित्रा रोकामगर, चन्द्रीका कुमारी भट्ट र रुपा दमाई चुनिएका छन्।