डडेल्धुराका १० टोल लाई प्राथमिक उपचार सामाग्री सहयोग

३० बैशाख

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.७ को १० वटा टोललाई आज एक कार्यक्रमका विच प्राथमिक उपचार सामाग्री हस्तारण गरिएको छ । युरोपियन युनियनको आर्थिक तथा यु.एन.डि.पी.नेपालको प्राविधिक सहयोग र स्थानिय साझेदार संस्था ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्धारा संञ्चालन भईरहेको सुपर परियोजना अन्तर्गत उक्त प्राथमिक उपचार सामाग्रीहरु वितरण गरिएको हो ।

सम्भावित दुर्घटना को तत्कालीन प्राथमिक उपचार गर्न सहज होस भन्ने उद्देश्यका साथ तालिम प्राप्त महिला स्वयम सेविकाको मातहतमा रहने गरी प्राथमिक उपचार सामाग्री वितरण गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर वहादुर साउदले बताउनु भयो ।

वडा नं.७ लाई १० वटा टोलमा विभाजन गरि १० स्थानमा प्राथमिक उपचार सामाग्री राखिनेछन भने वडाका २४ जना आधारभुत प्राथमिक उपचार तालिम प्राप्त २४ जना स्वयमसेवक लाई पनि प्राथमिक उपचार सामाग्री हस्तारन्तरण गरिएको थियो भने वडा नं.७ को कार्यालयमा पनि १ सेट प्राथमिक उपचार सामाग्री रहनेछ ।

प्राथमिक उपचारका लागी आवश्यक पर्ने २९ किसिमका सामाग्री रहेको किट वडा नं.७ का वडा अध्यक्ष खडक बहादुर बोहराले हस्तान्तरण गर्नुभएको थियो ।

You might also like