धन बहादुर भण्डारी बने ट्रेड युनियन कांग्रेस डडेल्धुराको अध्यक्ष

२३ बैशाख
डडेल्धुरामा सम्पन्न जिल्ला अधिवेशन बाट संञ्चारकर्मि धनबहादुर भण्डारी नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको अध्यक्षमा चयन भएका छन्। ट्रेड युनियन कांग्रेसको शुक्रबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

भण्डारी नेपाल प्रेस युनिन डडेल्धुराका निवर्तमान जिल्ला अध्यक्ष, राष्ट्रिय समाचार समिति (रासस) र अन्नपूर्ण पोस्टका लागी डडेल्धुरा प्रतिनिधि हुन ।
समितिको खुला उपाध्यक्षमा अरुण जोशी, महिला उपाध्यक्षमा पार्वती गुरुङ, सेवासमूह उपाध्यक्षमा लोकराज पनेरु, अनौपचारिक उपाध्यक्षमा उद्धवसिंह महरा, सचिवमा मानबहादुर साउँद, सह–सचिवमा भानबहादुर विक र गोपालदत्त पनेरु, कोषाध्यक्षमा विष्णा उप्रेती र सहकोषाध्यक्षमा देवकी माल चयन भएका छन्।

यस्तै सदस्यहरूमा मानबहादुर शाहु, दानबहादुर बुढाऐर, पदमराज भट्टराई, पदम थलाल, शेरबहादुर बुढाऐर, कमलप्रमा भण्डारी, सम्झाना पाण्डेय र सुनील बुढाऐर चयन भएका छन्। शिवराज पाठक, हिक्मतबहादुर धामी र चेतराज भट्ट प्रदेश प्रतिनिधिमा चयन भएका छन्।

You might also like