
२० चैत्र
नेपाली कांग्रेस विपि डडेल्धुराले आज जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने मार्फत नेपाल सरकार लाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाली कांग्रेस विपिका केन्द्रिय सभापति शुसिलमान शेरचन र डडेल्धुरा जिल्ला सभापनि भरत नेपाली द्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्र नेपाली कांग्रेस विपिका सुदुरपश्चिम प्रदेश सभापती करुणकार भट्टको नेतृत्वमा नेपाली कांग्रेस विपि डडेल्धुराका नेता तथा कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी लाई बुझाएको हो ।
पछिल्लो समय सरकार बाट जनताले शुसासन, सक्रिय प्रशासन , पारदर्शिता, जवाफदेयिताको अपेक्षा गरे पनि बर्तामान सरकार उल्टो आर्थिक अनियमितता तर्फ सक्रिय भएको भन्दै १५ बुदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा बैँकको व्याजदर कम हुनुपर्ने, बजार अनुगमन गरिनुपर्ने, पेट्रोलियम पदार्थको मुल्य समायोजन, किसानलाई मलखादको उचित व्यवस्थापन, सम्पनित सुद्धिकरण गर्नुपर्ने जस्ता मागहरु राखिएका छन् ।
नेपाली कांग्रे विपिले आजैको दिन पारेर देशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार लाई ज्ञापन पत्र बुझाई बर्तमान परिस्थितीको बारेमा ध्यानाकर्षण गरेको नेपाली कांग्रस विपिका सुदुरपश्चिम प्रदेश सभापति करुणाकरले बताउनु भयो ।
