१८ चैत्र
डडेल्धुरा धनगढी भिमदत्त राजमार्गको भासु तथा खानीडाँडा क्षेत्रमा हिजो आज कोईरालो व्यापार गर्नेहरु भेटिनेगरेको छन् । कैलालीको चुरे गाँउपालिका वडा नं.५ अन्तर्गत पर्ने सहजपुर देखी खाँनीडाडा सम्म समुह समुहमा बसेर कोईरालो बिक्रि गरिरहेका भेटिन्छन ।
चैत्र पहिलो हप्ता देखी बैशाख को मध्य सम्म अचारको रुपमा प्रयोग गरिने कोईरोलोको व्यापार हुने गरेको छ । चुरे गाँउपालिकाको वडा नं.५ अन्तर्गतको सामुदायिक बन क्षेत्रमा पाईने कोईरालो कोही कोही आफैले टिपेर विक्रिगरिरहेका भेटिन्छन भने कोही कोही अरु बाट किनेर विक्रि गरिरहेका भेटिन्छन ।
सहजपुर देखी खानिडाँडा सम्म विभिन्न खण्डमा महिला तथा पुरुषहरु समुह समुहमा बसेर विक्रि गरिरहेको देख्न सकिन्छ भने प्रायः सार्वजनिक विदाको दिनहरुमा भने विद्यार्थिहरुको पनि उल्लेख्य उपस्थिती रहेको देख्न सकिन्छ ।
यस क्षेत्रमा कोईरालोको प्रमाणित दररेट नभए पनि करिव करिव आधा किलोको पोकालाई ५० रुपैयामा विक्रि गरिरहेको देख्न सकिन्छ । मौसमी व्यापारको रुपमा कोईरलो व्यापार ले राम्रो आम्दानी दिईरहेको बताउदै यस क्षेत्रमा कोईरालो बेच्नेहरुलेहरेक दिन कम्तिमा १० पोका देखी ५० पोका सम्म विक्रि गरि ५०० देखी २५०० सम्म आम्दानी गरिरहेको बताउछन् । कोरईरालोको कमाईले विद्यार्थिहरुले आफुलाई आवश्यक पर्ने कापि कलममा खर्च गर्ने गरेको र अन्यले भने घरायसी प्रयोजनका लागी खर्च गरेको बताउने कोईरालो बेचिरहेका स्थानिय युवाका अनुसार यहाँको कोईरालो अचारको लागी उत्कृष्ठ हुने भएकोले तराई तर्फ जाने र पहाड तर्फ जाने दुवै तर्फको यात्रुहरुले कोईरालो खरिद गर्ने गरेका छन् भने चैत्रको महिना देखी बैशाख सम्म कोईरालोको मुख्य सिजन हो ।