कर उठ्दैन डडेल्धुरा सदरमुकाम भित्रिने गिट्टि बालुवामा

१७ चैत्र

डडेल्धुराको सदरमुकाममा निर्माण कार्यका लागी भित्रिने गिट्ट बालुवा तथा ढुंगा हरु मध्ये अधिकांस बालुवा तिथा ढुंगाहरु कर विना नै भित्रिने गरेको छ । डडेल्धुरा सदरमुकाम स्थित अमरगढी नगरपालिकाको वडा नं.११ बाट डडेल्धुरा स्थित सदरमुकाम तथा आसपासका लागी निर्माण सामाग्रीहरु आउने गरे पनि कर उठाउनको लागी कार्यविधि नवनेकोले कर नतिरेर ढुंगा, गिट्टि र बालुवा भित्रिने गरेको हो ।

डडेल्धुरा सदरमुकाममा निर्माण सामग्रीहरु डोटिको शिखर नगरपालिका, डडेल्धुराको गन्यापधुरा गाँउपालिका र डडेल्धुराकै अमरगढी नगरपालिका वडा नं.११ बाट भित्रिने गर्दछ । डोटिको शिखर नगपालिका ले बालुवा तथा ढुंगा निर्यात गर्दा लाग्ने कर संकलन गर्नको लागी बहादुर एण्ड सन्स कन्ट्रक्सन कम्पनि लाई बार्षिक ४० लाखमा ठेक्का दिएको छ भने गन्यापधुरा गाँउपालिका ले पनि सम्बन्धित वडामा कर संकलन गर्ने गरेको छ ।

यता अमरगढी नगरपालिकाले भने कार्यविधि नवनेको कारण अहिले सम्म कर संकलन नगर्दा बर्षेनी लाखौ राजश्व गुमाई रहेको छ । पछिल्लो समय डडेल्धुरा सदरमुकाममा नयाँ भवन तथा अन्य संरचना निर्माणको क्रम बढे संगै निर्माण सामाग्रीहरु भित्रिने गरेको र सदरमुकाम भित्रिने क्रममा डोटी तथा गन्यापधुराले कर उठाए पनि अमरगढी नगरपालिका भने कार्यविधिको अभावको कारण कर उठेको छैन ।

अमरगढी नगरपालिकाका अनुसार बालुका तथा गिट्ट ढुंगा मा कर लगाउने तयारी गरिरहेको र त्यसका लागी वातावरणीय प्रभाव मुल्यांकन को काम सुरु भएको र त्यसको प्रतिवेदनको आधारमा कति पैसा कर लिने भन्ने बारेमा निर्णय गरेर कार्यविधि तयार गरि कर संकलनका लागी ठेक्का आह्वान गरिने अमरगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद उपाध्यायले बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.