नेकपा एमालेको मिसन ग्रासरुटः एमाले उपाध्यक्ष विष्णु पौडेल डडेल्धुरामा

१५ चैत

नेकपा एमालेको मिसन ग्रासरुट अन्तर्गत जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्न नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एबं पुर्व उपप्रधान तथा अर्थमन्त्रि विष्णु प्रसाद पौडेल लगायतका एमाले नेताहरु डडेल्धुरा पुगेका छन् ।

प्रशिक्षण कार्यक्रम पुर्व आज विहान डडेल्धुराको रातो गुराँस रिसोर्टमा प्रेस चौतारी डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष एबं पुर्व उपप्रधान तथा अर्थ मन्त्रि पौडेलले मिसन ग्रासरुटको उद्देश्य र लक्षको बारेमा तथा देशको वर्तमान अवस्थाको बारेमा विचार प्रस्तुत गर्नभयो ।

कार्यक्रममा नेता पौडेलले भर्खर सम्पन्न भएको निर्वाचन बाट जनताले कुनै पनि दल लाई स्पस्ट बहुमत नदिएको र ढिलो चाडो गरि देशमा फेरी चुनाब हुने अवस्था आएकोले आगामी निर्वाचनमा स्पस्ट बहुमत सुनिश्चित गर्नको लागी नेकपा एमालेले देशका सबै पालिका तथा वडामा मिसन ग्रासरुट अभियान सुरु गरिरहेको बताउनु भयो ।

नेपालको अर्थतन्त्र डर लाग्दो अवस्थामा रहेको र २०२८ साल पछि पहिलो पटक अघिल्लो बर्षको तुलनामा कम राजशव संकलन भएको बताउनु भएका नेता पौडेल लाई अहिलेको अर्थतन्त्रको यो अवस्था आउनुमा एमालेको दोष छ भनेर आरोप लगाउछन नी भन्ने प्रश्नमा नेता पौडेलले आरोप भन्दा शक्तिशाली तथ्य हुने बताउदै आफुहरुको पालामा देशको अर्थतन्त्र लाई ठिक लयमा लगेको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका सुदुरपश्चिम ईन्चार्ज लेखराज भट्ट, सह ईन्चार्ज कर्ण बहादुर थापा, केन्द्रिय सदश्य भैरव बहादुर सिँह, गौरी संकर चौधरी,सुदुरपश्चिम अध्यक्ष दामोदर भण्डारी लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.