संयुक्त आखाँ जाँच कार्यक्रम सम्पन्न

१३ चैत्र
नेपाल नेत्रज्योती संघ र नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारी आज डडेल्धुरा सदरमुकाममा संयुक्त आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । डडेल्धुरा आँखा अस्पताल मा सम्पन्न उक्त कार्यक्रम नेपाल नेत्र ज्योती संघ डडेल्धुराका अध्यक्ष शिव राज पन्तको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शुदुरपश्चिम प्रदेश समितिका कोषाध्यक्ष राम धामी लगायत डडेल्धुराका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमा डडेल्धुरा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. मुकेष पाण्डेले डडेल्धुरा आखा अस्पतालको विविध गतिविधिहरुको बारेमा प्रकास पार्नुभएको थियो । डा पाण्डेयका अनुसार नेपाल नेत्र ज्योती संघ गेटा आँआ अस्पतालको मातहतमा रहने गरी २०६३ सालमा आखा उपचार केन्द्रको रुपमा स्थापना भएको डडेल्धुरा आँखा अस्पताल यही मंसिर बाट मात्र विशेषज्ञ सेवा सहितको डडेल्धुरा आँखा अस्पतालको रुपमा स्तरोन्तती भएको र पहाडी जिल्लाको आँखाका विरामी हरु लाई तराई तथा छिमेकी भारत तर्फ जान नपरोस भनेर आफनो टिम लागी रहेको बताउनु भयो ।

डडेल्धुरा आँखा अस्पतालका अनुसार पछिल्लो समय डडेल्धुरा आँखा अस्पतालमा मोतिविन्दु तथा जलविन्दुको शल्यक्रिया, आखाँको नानीको उपचार, शल्यक्रिया तथा प्रत्यारोपण, प्रयोगशाला, आकस्किम सेवा जस्ता १३ किसिमको सेवा प्रदान गरिरहेको आँखा उपचार केन्द्रमा आँखाको सामान्य चेकजाँच देखी शल्यक्रिया गर्नेहरुको भिड लागिरहेको छ तर अझ पनि व्यापक रुपमा प्रचार प्रसार हुन नसक्दा पहाडका विरामीहरु सामान्य उपचारका लागी पनि तराई झरिरहेको हुनाले संञ्चारमाध्यम बाट प्रचार प्रसार गरिदिनका लागी डा. पाण्डेय ले अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंध सुदुरपश्चिम प्रदेशस समितिका कोषाध्यक्ष राम बहादुर धामीले संञ्चारकर्मिहरुले रातदिन कम्प्यूटर र मोवायल जस्ता उपकरणमा काम गर्नुपर्ने भएकाले आँखामा समस्या भएको हुन सक्ने भन्दै गत बर्ष नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सुरु गरेको आँखा जाच गर्ने कार्यक्रमले यो बर्ष देशव्यापी रुपमा स्थान पाएको बताउदै सहकार्यका लागी नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योती संघ लाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा डडेल्धुरामा क्रियाशिल पत्रकारहरुले आँखाको जाँच गराएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.