११ चैत
पछिल्लो समय उल्लेख्य मात्रामा दुध उत्पादन गरिरहेको डडेल्धुराको भित्रिमधेश क्षेत्रमा दुधको बजारीकरणमा देखिएका समस्याहरु समाधानका लागी सरोकारवालाहरु विच अन्तरक्रिया बैठक सम्पन्न भएको छ । हिजो शुक्रवार आलिताल गाँउपालिकाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा दुग्ध उत्पादन गर्ने किसान, संकलन गर्ने संकलक, दुध खरिद गर्ने दुग्ध विकास संस्थान , स्थानिय सरकार प्रतिनिधि तथा किसान संग प्रत्यक्ष सरोकार राख्ने कृषि तथा पशु शाखा, सहकारी संघ संस्थाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
आलिताल गाँउपालिकाका उपाध्यक्ष मैना कुमारी रावल को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख देबराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्रामिण महिला विकास तथा एकता केन्द्रका कार्यकारी निर्देशक अमर वहादुर साँउद, दुग्ध विकास संस्थान अत्तरिया का प्रमुख विकल श्रेष्ठ, मर्सिकोर नेपाल बाट कृष्ण बसौला र संगिता अधिकारी लगायत विभिन्न दातृ निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अधिकांस किसानहरुले आफुले समयमा नै भुक्तानि नपाएको गुनासो गरेका थिए भने दुग्ध संकलन केन्द्र ले भने किसानहरु मध्ये केही किसानले दुधको गुणस्तरको लागी मेहनत गरेको देखिए पनि अधिकांस किसानहरुले गुणस्तरका लागी खासै ध्यान नदिएको आरोप लगाए ।
कार्यक्रममा आलिताल गााउपालिका र पशुराम नगरपालिकाका पशु शाखा प्रमुखले उन्नत गाई भैसीको लागी गर्नुपर्ने स्याहार सुसार किसानहरुले दिन नसकेकोले दुग्ध उत्पादन घट्ने र गुणस्तरीय दुध उत्पादन नहुने भएकोले पशुपालनमा पशु स्याहार लाई निकै ध्यान दिनु पर्ने बताए ।
कार्यक्रमका सहभागीहरुले दुग्ध संकलन केन्द्रले गुणस्तरीय दुध र कम गुणस्तरीय दुधको लागी एकै प्रकारको भुक्तानि गरिरहेकोले आगामी दिनमा प्रत्येक किसानको दुधको नाप जाँच गरि गुणस्तरको आधारमा भुक्तानि दिनु पर्ने माग राखेका थिए भने कार्यक्रमका सहभागी अधिकांसले हाल डडेल्धुरा भित्रि मधेशमा रहेको दुधको उत्पादन तथा बजारको दिगोपनाको लागी संकलन केन्द्रमा प्रतयेक किसानको दुधको नापजाँच नै उत्तम उपाय रहेको सुझाएका थिए ।
उक्त कार्यक्रम मर्सिकोर नेपाल र रुडुक डडेल्धुराको आयोजनामा सम्पन्न भएको थियो भने सहजिकरण दुग्ध विकास संस्थान आयोजना कार्यालय अत्तरियाले गरेको थियो । कार्यक्रममा आलिताल गााउपालिकाका उपाध्यक्ष मैना कुमारी रावलले आलिताल गाँउपालिका परिवार जहिले पनि किसानहरुको हितमा लागेको र अधिकांस कार्यक्रमहरु किसानमैत्री भएको जानकारी दिदै आगामी आर्थिक बर्षहरुमा पनि किसानमैत्री योजनाहरु बनाईने बताउनु भयो ।