१० चैत्र
प्रशस्त सम्भावना देखेर आलु खेतीमा लागेका डडेल्धुरा जिल्ला नवदुर्गा गाँउपालिका वडा नं.४ गिल्लाका किसानहरु आफुले उत्पादन गरेको आलुले बजार नपाए पछि अन्यौलमा परेका छन् । गाँउपालिकाको सदरमुकाम तथा जिल्ला सदरमुकाम बाट अलि टाढा रहेका गिल्लामा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना को सहयोग मा यो बर्ष बाट व्यवसायिक आलुखेती सुरु गरिएको र आलुको उत्पादन राम्रै भए पनि बजारमा उचित भाउ नपाए पछि करिव ७०० देखी ८०० कुईन्टलको हाराहारीमा आलु गाँउमै थन्किएको छ ।
आफ्नो गाँउमा उत्पादन भएको आलुले सदरमुकाम आसपासमा उत्पादन भएको आलु संग बजारमा प्रतिस्पद्र्धा गर्न नसकेको स्थानिय किसानहरुहरु बताउछन । डडेल्धुरा सदरमुकाम नजिकका किसानहरुले बजारमा प्रति किलो ३० रुपैयाका दरले आलु बिक्रि गर्दा आफुले सदरमुकाम सम्म आलु लगेर बिक्रि गर्न ढुवानी खर्चले नै नभ्याउने बताउने स्थानिय किसानहरु स्थानिय सरकारले ढुवानीमा अनुदान दिने आशामा बसेको बताउछन ।
आफनो गाँउको माटो राम्रो भएको बताउदै सिँचाईको प्रर्याप्त व्यवस्था नभए पनि आलु राम्रो उत्पादन भएको बताउने स्थानिय किसान डम्बर बहादुर बिष्ट कच्चि सडकका कारण आफुले उत्पादन गरेको आलु बजारमा विक्रि गर्न नसकिएको बताउछन् ।
आफुले उत्पादन गरेको आलु ले तत्काल बजार भाउ नपाए पनि शित भण्डारमा भण्डार गरेर उचित भाउ पाएको बेला बजारमा लैजाने योजना बनाएका गिल्ला का किसानहरुले आफनो आलु राख्न शित भण्डारमा पनि ठाँउ नपाए पछी थप निराश बनेका छन् । डडेल्धुरा स्थित उग्रतारा शित भण्डारले तत्काल शित भण्डार भरिएकोले राख्न नसकिने बताएको छ ।
नवदुर्गा गाँउपालिकामा उत्पादन भएको आलु मात्र नभएर अन्य कृषिजन्य उत्पादन लाई वजार सम्म पुगाउन चुनौती भएको भन्दै आगामी आर्थिक बर्ष बाट पालिकामा कृषि एम्वुलेन्सको अवधारणा लागु गर्ने प्रयास गरिरहेको बताउदै गाँउपालिकाका कृषि शाखा प्रमुख गुमान सिँह जोरा ले तत्काल उत्पादन भएको आलु लाई डडेल्धुरामा व्यवस्थापन गर्न नसके पछी कैलालीको पहलमानपुर स्थित शित भण्डारमा लगेर राख्नका लागी पहल भईरहेको बताउनु भयो ।
पछिल्लो समय तरकारीमा आत्मनिर्भर बन्न खोजिरहेको डडेल्धुरामा बेला बेलामा बजारको समस्या देखिने गरेको र गिल्लामा उत्पादन भएका आलुको बजारीकरण तथा शितभण्डारमा संकलन गर्नका लागी आफुले पहल गरिरहेको बताउदै कृषि ज्ञान केन्द्रका प्रमुख राम चन्द्र भट्टले यसका लागी नवदुर्गा गाँउपालिकालाई ढुवानीका लागी अनुरोध गरेको र कृषि ज्ञान केन्द्र डडेल्धुरा र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाले शितभण्डारमा राख्नको लागी अनुदान दिनेगरी व्यवस्थापन मिलाउन लागेको बताउनु भयो ।
गिल्लाको छेउमै सेती नदी बगीरहेको भए पनि सिँचाईको चरम अभाव भोगिरहेको गिल्लाबासीहरु परम्परागत कृषि छाडी व्यवसायिक आलुखेतीमा लागेको पहिलो वर्षमै आलुको राम्रो उत्पादन पाउदा जती खुसी भएका छन त्यती नै दुखी आफनो उत्पादनले बजारमा भाउ नपाउदा अनी शित भण्डारमा ठाँउ नपाउदा भएका छन् ।
You might also like