डडेल्धुराको नवदुर्गा गाँउपालिकामा नमाह ज्ञान महायज्ञ सुरु

९ चैत्र
डडेल्धुराको नवदुर्गा गाँउपालिका वडा नं.४ गिल्लाको गिल्लेश्वरी देवताको प्रांगणमा हिजो बुधबार देखी श्रीमद देवी भागवत पुराण नमाह ज्ञान महायज्ञ सुरु भएको छ ।
हिजो बाट चैत्र १६ गते सम्म संञ्चालन हुने पुराण नमाह कार्यक्रममा बाचक आचार्य श्री सत्यराज अवस्थिले बाचन गर्नुहुनेछ । डडेल्धुराको नवदुर्गा गाँउपालिकाको वडा नं.४ मा पर्ने गिल्ला र सुवाकोटका स्थानियबासीले आयोजना गरेको नमाह ज्ञान महायज्ञ कार्यक्रममा डडेल्धुरा लगायत छिमेकी डोटी र बैतडी जिल्लाका भक्तजन तथा शुभचिन्तकहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।
सुवाकोट र गिल्ला क्षेत्रका आफ्ना सन्तानहरुका साथै विश्वको शुखशान्तिको लागी महायज्ञको आयोजना गरिएको स्थानियले बताए । कोरोना महामारीको अवधीमा देशविदेशमा रहेका सुवाकोट र गिल्लाबासीहरुका साथै सम्पुर्ण मानवजगतको रक्षाको लागी गिल्लेश्वरी देवता लाई अनुरोध गरेको र नमाह ज्ञान महायज्ञ लगाउने बाचा गरेकोले सम्पुर्ण सुवाकोट र गिल्लावासीले महायज्ञ लगाएको स्थानिय दिनेश विष्ट ले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.