डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

६ चैत्र
डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा हिजो सम्पन्न स्वतन्त्र विद्यार्थि युनियन को निर्वाचनमा नेपाल विद्यार्थि संघको प्यानल विजयी भएको छ । डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा विद्यार्थिका तीन प्यानल भिडेका थिए ।
कुल ७९८ मतदाता रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा ५२३ मत खसेको थियो जस मध्ये ३१० मत ल्याएर नेपाल विद्यार्थि संघका दुर्गा प्रसाद भट्ट सभापति पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दि संयुक्त प्यानलका उम्मेदवार मान बहादुर बोहरा ले १०७ मत प्राप्त गरेका थिए भने अनेरास्ववियुका गणेश बहादुर क्षेत्रीले ६९ मत प्राप्त गरेका थिए ।
यसै गरी सचिवमा नेविसंघका लोकेन्द्र बोहाराले ३०२ मत ,कोषाध्यक्षमा नेविसंघकै देवकी तमौलीले ३०२ मत सहित विजयी भइन् । त्यस्तै सदस्यहरुमा नेविसंघका पूजाकुमारी बोगटी, राजेन्द्रप्रसाद पाण्डेय, महेश्वरी भण्डारी, सुरज बिक र दिपिका पन्त निर्वाचित भएको निर्वाचन अधिकृत भुवनेश्वर पनेरुले बताउनु भयो ।
क्याम्पसको समग्र विकास तथा विद्यार्थिको नेता विद्यार्थि नै हुनु पर्छ भन्ने मान्यताका साथ आफनो उम्मेदवारी रहेको बताएका नेपाल विद्यार्थि संघका नेता तथा नवनिर्वाचित स्ववियु सभापति दुर्गा प्रासद भट्टले आफु नेपाल विद्यार्थि संघको मात्र नभएर सम्पूर्ण विद्यार्थिको साझा सभापति भएकोले सबै लाई समान व्यवहार हुने बताउनुभयो ।

You might also like